विदेशी विनिमय दर, अमेरिकी डलर सस्तो बन्दै

- रेडियो कान्तिपुर, काठमाडौं

    कार्तिक २३, २०७५

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यसप्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय १६ रुपैयाँ ५० पैसा, बिक्रीदर १ सय १७ रुपैयाँ १० पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ३२ रुपैयाँ ९६ पैसा तथा बिक्री दर १ सय ३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

    यस्तै, यूकेको पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ५२ रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय ५३ रुपैयाँ ३२ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर ८५ रुपैयाँ २८ पैसा रहेको छ । 

    साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा तोकिएको छ ।

    यूएई दिहम १ को खरिददर मूल्य ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

    मलेसियन १ रिङगिटको खरिद मूल्य २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा रहेको छ ।

    दक्षिण कोरियाली वान १ सयको खरिददर मूल्य १० रुपैयाँ ४४ पैसा बिक्रीदर १० रुपैयाँ ४९ पैसा कायम भएको छ । जापानीज यन १० को खरिददर मूल्य १० रुपैयाँ २४ पैसा र बिक्रीदर १० रुपैयाँ ३० पैसा तोकिएको छ । 

    केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।   

    प्रकाशित:कार्तिक २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्