मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने आप्रबासी शरण लिन अयोग्य हुने

बीबीसी

    कार्तिक २३, २०७५

    मेक्सिकोसँगको सीमाबाट अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीलाई गैरकानुनी घोषणा गरिने भएको छ ।  होमल्याण्ड सेक्युरिटि डिपार्टमेन्टद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतीय निर्देशनको उल्लंघन गर्नेलाई अमेरिकामा शरण नमिल्ने र उनीहरु शरणार्थी नभई गैरकानूनी आप्रबासी ठहर्ने उल्लेख रहेको बीबीसीले जनाएको छ ।

    ट्रम्प प्रशासनले राष्ट्रिय हित र स्वार्थका लागि आप्रवासनलाई रोक्न सक्ने जनाएको छ ।  महान्यायधिवक्ता जेफ सेसन्स्को बर्खादगीपछि कार्यवाहक सम्हालिरहनुभएका म्याथ्यु ह्वीटेकर तथा होमल्याण्ड सेक्युरिटी प्रमुख कस्र्टन नेल्सनले इन्टरिम फाइनल रुल नामक नयाँ नियमको घोषणा गरेको बीबीसीले जनाएको छ ।

    अमेरिकामा गत मङ्गलबार सम्पन्न मध्यावधिक निर्वाचनमा पनि आप्रबासन मुख्य मुद्दा बनेको थियो । यसअघि राष्ट्रपति ट्रम्पले मेक्सिको हुँदै मध्य अमेरिकी देशबाट अमेरिका प्रवेश गर्न लागेका आप्रवासीलाई लक्षित गर्दै सीमा क्षेत्रमा ५२ सय बढी सेना खटाउन आदेश दिनुभएको थियो ।

    प्रकाशित:कार्तिक २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्