पूँजीगत खर्च गतिमा

- रेडियो कान्तिपुर,

    कार्तिक २३, २०७५

    सरकारले बजेट कार्यन्वयनलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएपनि पूँजीगत खर्चको अवस्था भने कछुवा गतिमा छ । चालु आर्थिक वर्षको झण्डै ४ महिनाको अवधिमा पूँजीगत खर्च जम्मा ७ प्रतिशत छ । समयमै बजेट आएर स्थिर सरकारको थालनी भएपनि खर्च गर्ने प्रशासनिक संयन्त्र कमजोर हुँदा अघिल्लो वर्षको नियति यो वर्षपनि दोहोरिएको हो ।

    बजेट कार्यन्वयन पाटो फितलो भएपछि अर्थमन्त्री डा युवराज खतिवडाले त्रैमासिक समिक्षा कार्यक्रममा बजेटमा स्वीकृत कार्यक्रमको प्रभावकारी कार्यन्वयन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । तर झण्डै ४ महिनासम्म पनि परिणाम आउन सकेको छैन ।

    यो बीचमा निरन्तर चाडपर्वको मौसम परेका कारण पनि प्रभावकारी परिणाम आउन नसकेको र कतिपय खर्चहरु सरकारी प्रणालीमा आईनसकेका कारण पनि परिणाम देखिन नसकेको अर्थका अधिकारीहरुले बताएका छन् ।

    सरकारले यो वर्ष विकास निर्माणका लागि ३ खर्ब १३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षको चार महिनामा २४ अर्ब रुपैयाँ हाराहारीमा मात्रै खर्च भएको छ ।

    प्रकाशित:कार्तिक २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्