राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्रीले साइतमै टीका लगाउने

काठमाडौं

    कार्तिक २३, २०७५

    राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुले साईतमै भाइटीका लगाउने भएका छन् । राष्ट्रपति विद्या भण्डारीले टीकाको साइत विहान ११ बजेर ५५ मिनेटमा भाई डेगेन्द्र पाण्डेलाई टिका लगाईदिनुहुने भएको छ । राष्ट्रपति भण्डारीका ३ भाईमध्ये दुई भाई अमेरिकामा छन्।

    राष्ट्रपति भण्डारीले शित्तल निवासस्थित कार्यलयमा वहिनी सुशिला पाण्डेसहित कान्छाभाई डेगेन्द्रलाई साईतमै टिका लगाईदिनुहुने उहाँका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

    दिदी बहिनी गाउँमा भएकाले उपराष्ट्रपति नन्दवहादुर पुनले भने आफ्न्त दिदीबहिनिबाट टिका लगाउने कार्यक्रम छ । उपराष्ट्रपति पुनले कान्तिपथस्थित कार्यलयमा नाताकै दुई दिदीबहिनिबाट साईतमै भाईटीका लगाउनुहुने उहाँका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री केपीओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बहिनीहरु विष्णुमाया ढकाल र कमला कोईरालाबाट भाईटिका लगाउदै हुनुहून्छ । चितवन र झापाबाट बहिनीहरु टीकाका लागि बालुवाटार आईसकेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

    नेकपाका अध्यक्ष पुष्प कमल दाहालको भने यो पटक भाइटीका लगाउनुहुन्न ।  छोरा प्रकाशको गत मंसिरमा निधन भएका कारण दाहालले यो वष तिहार लगायत कुनैपनि चाडपर्व मनाउनुभएको छैन ।

    प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी केन्द्रिय सदस्य मिना पाण्डे र सुशिला खड्काको हातबाट टिका लगाउने कार्यक्रम छ । सभापति देउवालाई केन्द्रीय सदस्य मिना पाण्डेले वर्षौदेखि टीका लगाउँदै आउनुभएको छ ।

    सभापति देउवाका आफ्नै ४ दिदी बहिनी छन् । उहाँका २ जना दिदीबहिनी गाउँमै रहेको र २ जनाको जुठो परेकाले यो वर्ष टिका लागउन नमिलेको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

    प्रकाशित:कार्तिक २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्