तिहारमा पाल्पाली ढाकाको व्यापार बढ्यो

- माधव अर्याल, पाल्पा

    कार्तिक २३, २०७५

    पाल्पाली ढाका भनेपछि लोकप्रियता मात्र होइन, सबै जना हुरुक्कै हुन्छन् । महिला, पुरुष, बालबालिका सबैले प्रयोग गर्ने सामग्रीमा विविधता आएपछि झन् यसको लोकिप्रयता बढेको छ । अझ तिहारका बेलामा यसको महत्व बढी नै हुन्छ ।

    तिहारमा भाइटीका लगाएर दिदीबहिनीले दाजुभाइलाई र दाजुभाईले दिदी बहिनीलाई उपहारका रुपमा ढाका र ढाकाबाट उत्पादित विभिन्न सामग्री लगाइदिने चलनले यसको व्यापार पनि ह्वात्तै बढ्ने गर्छ । 

    पाल्पा र आसपासका क्षेत्रमा मात्र होइन, मुलुक र मुलुक बाहिर समेत तिहारका बेलामा ढाका टोपी, चोली, पछ्यौरी र आशीर्वाद सँगसँगै आदानप्रदान हुन थालेको छ । यस क्षेत्रमा ढाकाका सामग्री बिनाको तिहार कल्पना पनि गर्न सकिँदैन ।

    तिहारमा भाइटीका लगाएपछि ढाकाका सामाग्री उपहार दिने चलन मुलुकका धेरै भेगमा कायम छ । त्यसैले पनि बजारमा ढाकाटोपी किन्नेको भीड लागेको छ ।

    पछिल्लो समय ढाकाको सामग्रीको प्रयोग बढ्दै गएको ढाकाटोपी किन्दै गरेका ग्राहक शरण थापाले बताए ।

    ‘ढाका टोपी लगायत ढाकाका सामग्री मन पर्छ,’ उनले भने, ‘चाड पर्वको बेला ढाकाका सामग्रीहरु उपहार दिने चलन छ, पछिल्लो समय यसको प्रयोग पनि बढ्दै गएको छ ।’

    तिहारमा आफ्ना दाजुभाइले दिदीबहिनीलाई र दिदीबहिनीले दाजुभाईलाई ढाकाको चोरी, पछ्यौरी, टोपी लगाइदिने चलन पूरानो हो । थोक तथा खुद्रा बिक्री गर्दा अहिले व्यापारीलाई फुर्सदै छैन । उपहार दिन सजिलो हुने हँुदा तिहारमा यसको बिक्री पनि ह्वात्तै बढेको छ ।

    भाइटीकाका बेला दाजुभाइले दिदीबहिनीलाई र दिदीबहिनीले दाजुभाईलाई विभिन्न उपहार दिने चलन रहे पनि पछिल्ले समय भने ढाकाको सामग्री उपहारको रुपमा दिने चलन बढेको पाल्पाका ढाका व्यापारी राजेश भट्टराईले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अचेल त भाइटीकामा दाजुभाइले दिदीबहिनीलाई र दिदीबहिनीले दाजुभाईलाई पाल्पाली ढाकाका सामग्री उपहारको रुपमा दिने चलन बढेको छ, यसै कारण पनि पछिल्ले समय ढाकाका कपडाको व्यापार फस्टाएको छ ।’

    पाल्पाली ढाकाटोपी बुटवल, पोखरा, बाग्लुङ, बेनी, नारायणगढ, नेपालगञ्ज, हेटांैडा र काठमाडाँैमा समेत बजार बिस्तार गरेको छ भने विदेशमा समेत निर्यात हुन थालेको छ ।

    पाल्पामा उत्पादन हुने ढाका दिन प्रतिदिनि घटे पनि तिहारको सिजनमा भने तीन करोड बढीको ढाका कपडाको व्यापार हुने गरेको व्यापारीहरु बताउँछन् । 

    प्रकाशित:कार्तिक २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्