क्यालिफोर्नियाको डढेलोमा २ सय बढी बेपत्ता

रोयटर्स

    कार्तिक २६, २०७५

    अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागेको भीषण डढेलोमा परि २ सय २८ जना हराईरहेका छन् । अहिलेसम्मकै भयानक भनिएको सो डढेलोका कारण ३१ जनाले ज्यान गुमाईसकेका छन् भने लाखौं मानिसहरु विस्थापित भएको रोयटर्सले उल्लेख गरेको छ ।

    क्याम्प फायर नाम दिईएको सो डढेलोका कारण ६ हजार ७ सय भन्दा बढी घरहरु जलेर नष्ट भएका छन्, जुन क्यालिफोर्नियाको आगलागीबाट भएको सबैभन्दा ठूलो भौतिक क्षति हो ।

    सो डढेलो करीब ४५ हजार हेक्टर क्षेत्रफलमा फैलिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । तातो र सुख्खा हावा चल्ने क्रम बढेकाले डढेलो अझै नियन्त्रणमा आउन नसकेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

    डढेलोले असर पुग्ने सम्भावित सबै क्षेत्रका सर्वसाधारणलाई स्थानीय प्रशासनले सर्तकता अपनाउन आग्रह गरेको रोयटर्सले जनाएको छ ।  

    प्रकाशित:कार्तिक २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्