श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

- रेडियो कान्तिपुर, काठमाडौं

    कार्तिक २६, २०७५

    चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ  गरेको छ । खोटाङ देवीस्थान घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका, १० माउण्ट कैलाश डाँडा कपन डेरा गरी बस्ने ४० वर्षीय सुवास राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    सामान्य विवादमा सुवासले ३५ वर्षीया श्रीमती प्रमिलालाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

    चक्कु प्रहारबाट गम्भीर घाइते प्रमिलाको उपचारको क्रममा हेल्पिङ हेण्ड अस्पताल चावहिलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीविरुद्द कर्तब्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित:कार्तिक २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्