हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश

- नवीन पौडेल, नवलपरासी

    कार्तिक २६, २०७५

    हिमालयन शेर्पा, पूर्वी नवलपरासीमा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कोल्हुवास्थित राईनो रगंशालामा भएको तेस्रो क्वार्टरफाइनलमा शसस्त्र प्रहरीको एपीएफलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै हिमालयनले अन्तिम ४ मा स्थान बनाएको हो ।

    निर्धारित समयमा २/२ गोलको बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतियोगितामा भोलि वीरगञ्ंज युथ क्लब र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । 

     

    प्रकाशित:कार्तिक २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्