नेपाली क्रिकेटरलाई विदेशी प्रशिक्षकले प्रशिक्षण दिने

- रेडियो कान्तिपुर, काठमाडौं

    कार्तिक २६, २०७५

    नेपाली युवा क्रिकेटरलाई विदेशी प्रशिक्षकले प्रशिक्षण दिने भएका छन् । राईज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स कार्यक्रम अन्र्तगत पर्सिदेखी दुई विदेशी प्रशिक्षकले आगामी मंसिर ७ गतेसम्म प्रशिक्षण दिनेछन् ।

    राजधानीमा आज पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट स्कूलका प्रवन्ध निर्देशक करण घिमिरेले दक्षिण अफ्रिकी पूर्व क्रिकेटर जोन्टी रोड्स र अफगानिस्तान तथा वेस्ट ईन्डिजका पूर्व फिल्डिङ प्रशिक्षक र्‍यान मारोन प्रशिक्षण दिन काठमाडौं आइसकेको जानकारी दिए ।

    नेपाल क्रिकेट स्कूल र स्र्पोट्स् एड प्रा.लि.को आयोजनामा हुने कार्यक्रममा ८० जना युवा सहभागी हुनेछन् ।

    कार्यक्रममा सहभागी हुन रजिष्ट्रेशन शुल्क ५० हजार रुपैयाँ तोकिएको छ । उनीहरुले १६ र १९ वर्ष मुनिका राष्ट्रिय टोलीका खेलाडीलाई पनि प्रशिक्षण दिनेछन् । 

    प्रकाशित:कार्तिक २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्