कान्तिपुर डायरी अपरान्ह ३:०० बजे | २७ कार्तिक २०७५

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    कार्तिक २७, २०७५

    मुख्य समाचार

    *छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदैछ । काठमाडौं उपत्यकासहित तराईका अधिकांश जिल्लामा रहेका नदी तथा पोखरी किनारमा बनाईएका पूजास्थलमा उपस्थित भएर ब्रतालुले सूर्यलाई अर्घ दिने गर्छन् । 

    *एम्नेष्टी ईन्टरनेशनलले म्यानमारकी नेतृ आङ साङ सुचीलाई दिएको प्रतिष्ठित पुरस्कार फिर्ता लिएको छ । रोहिंग्या अल्पसंख्यकको मामिलामा संवेदनहिनता देखाएको भन्दै सुचीलाई दिएको एम्बासडर अफ कनसाईन्स अवार्ड एम्नेष्टीले फिर्ता लिएको हो ।

    *अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागेको भीषण डढेलोमा परि २ सय २८ जना हराईरहेका छन् । अहिलेसम्मकै भयानक भनिएको सो डढेलोका कारण ४२ जनाले ज्यान गुमाईसकेका छन् भने लाखौं मानिसहरु विस्थापित भएको रोयटर्सले उल्लेख गरेको छ ।

    *म्यानमारमा जारी ओलम्पिक फुटबलको एसियाली महिला छनोटको समुह चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्लो चरण प्रवेशका लागि नेपाललाई बंगलादेश विरुद्धको खेल महत्वपुर्ण रहेको छ ।

    प्रकाशित:कार्तिक २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्