अपराधमा संलग्न जो कोहीलाई पनि कारबाही हुन्छ : आईजीपी खनाल

- रेडियो कान्तिपुर, काठमाडौं

    कार्तिक २९, २०७५

    प्रहरी महानिरीक्षक आइजीपी सर्वेन्द्र खनालले केही विकृत मानसिकता भएका प्रहरी कर्मचारीका कारण सिंगो संस्था नै बदनाम हुन पुगेको स्वीर्कानु भएको छ । काठमाडौंको गागलफेदीमा नवनिर्मित प्रहरी विटको उद्घाटन कार्यक्रममा उहाँले त्यस्ता प्रहरी कर्मचारीलाई कारबाही गर्न नेतृत्वले खुट्टा नकमाउने बताउनुभयो ।

    आईजीपी खनालले भन्नुभयो, ‘दुई/चार जना खराब अधिकारीहरुको कारणले पछिल्लो समय प्रहरी संगठनमाथि चारैतिरबाट प्रहार भइरहेको छ । ‘मलाई जनताको तहबाट सूचना दिनुहोस, म ती अधिकारीलाई ठाउँको ठाउँ कारबाही गर्छु ।’

    कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरणमा दोषी पत्ता नलाग्ने हो कि भन्ने आशंका बढिरहेकै सयमा आईजीपी खनालले धेरै तहमा प्रहरी टोली खटाएकोले अपराधी जसरी पनि पत्ता लगाउने दाबी गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘विभिन्न तहका टोली अनुसन्धानमा खटिएका छन् । अनुसन्धान निष्कर्षमा पुग्छ । र, अपराधमा संलग्न जो कोहीलाई पनि कारबाही हुन्छ हुन्छ ।’

    प्रकाशित:कार्तिक २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्