बाजुरामा जिप दुर्घटना हुँदा एकको मृत्यु

- अर्जुन शाह, धनगढी

    कार्तिक २९, २०७५

    बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको जिप बुढीगंगा नगरपालिका– २ बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    से १ ज ५४३ नम्बरको जिप दुर्घटना हुँदा चालक त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय  धनबहादुर साउँदको घटनास्थलमै मृत्यु भएको हो ।

    २ जना यात्रु घाईते भएका छन् । घाइते हुनेमा चालक साउँदका २२ वर्षीय छोरा नवराज साँउद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घाइतेहरुलाई उपचारका लागि अछामको बयालपाटा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । जिप सडक भन्दा १ सय मिटर तल खसेको छ ।

    प्रकाशित:कार्तिक २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्