महिला टोलीलाई थप बलियो बनाउन लगानी बढाउनुपर्छ : प्रशिक्षक खड्का

- रेडियो कान्तिपुर, काठमाडौं

    कार्तिक २९, २०७५

    टोलीमा देखिएका केही कमजोरीलाई सुधार्न सके नेपाली महिला टोलीले साफ च्याम्पियनशिप फुटबलको उपाधि हात पार्ने प्रशिक्षक हरि खड्काले दाबी गरेका छन् ।

    टोकियो ओलम्पिक २०२० फुटबलको एसियाली महिला छनोटको दोस्रो चरणमा प्रवेश गरी म्यानमारबाट आज स्वदेश फर्किएको टोलीका प्रशिक्षक खड्काले महिला टोलीलाई थप बलियो बनाउन लगानी बढाउनुपर्ने बताए । 

    टोलीकी कप्तान निरु थापाले पहिले भन्दा नेपाली टोलीको प्रदर्शन अहिले उच्च रहेको बताईन् । टोलीमा अझै केही कमजोरी रहेकाले त्यसलाई सुधार गर्दै लैजान सके राम्रो नतिजा निकाल्न सक्ने उनको भनाई छ । 

    नेपाल ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदै उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । नेपालले भारत, म्यानमार र बंगलादेशसँग १/१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

    दोस्रो चरणका खेलहरु अप्रिल १ देखि १० सम्म हुनेछ । दोस्रो चरणमा चार समूहका विजेता र उपविजेता तथा २ उत्कृष्ट तेस्रो स्थानका टोली सहभागी हुनेछन् । उज्वेकिस्तान र भियतनामले यसअघि नै दोस्रो चरणमा स्थान बनाईसकेका छन् ।

    प्रकाशित:कार्तिक २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्