प्रधानमन्त्री ओली बालुवाटार बाहिर जाँदै

काठमाडौं

    कार्तिक ३०, २०७५

    - प्रधानमन्त्री केपी शर्मा ओली २४ दिन पछि आज बालुवाटारबाहिरको औपचारिक कार्यक्रममा सहभागी हुनुहुने भएको छ । बिहान ११ बजे राजधानीको एक होटलमा हुने कोलम्बो प्रोसेसको मन्त्रीस्तरीय बैठकमा प्रधानमन्त्री ओली सहभागी हुनुहुने उहाँका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

    गत कार्तिक ६ गते विद्युतिय बसको शुभारम्भ गरेयता ओली, सार्बजनिक कार्यक्रममा उपस्थित हुनुभएको थिएन् । छाती र श्वासप्रश्वासमा भएको सक्रमणका कारण ४ दिनको उपचारपछि उहाँ कार्तिक १६ गते बालुवाटार फर्कनुभएको थियो । त्यसयता उहाँले बालुवाटारबाहिरको कुनैपनि कार्यक्रममा सहभागीता जनाउनुभएको थिएन ।

    चिकित्सकको सल्लाहअनुसार थप संक्रमणको जोखिम कम भएपछि प्रधानमन्त्री ओली बाहिरि कार्यक्रममा सहभागी हुन लाग्नुभएको अर्यालले बताउनुभयो । यसबीचमा उहाँले प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र केही कार्यक्रममा सहभागीता जनाउनुभएको थियो । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको अस्वस्थ्यताका कारण नेकपाको सचिवालय र  स्थायी समिति बैठक समेत प्रभावित भएका छन् ।  

     

    प्रकाशित:कार्तिक ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्