वायन रुनीको बिदाईमा अमेरिका पराजित

काठमाडौं

    कार्तिक ३०, २०७५

    - वायन रुनीको विदाई खेलमा ईङल्याण्डले अमेरिकालाई पराजित गरेको छ । वेम्ब्लीमा भएको मैत्रीपूर्ण खेलमा ईङल्याण्डले ३ शुन्यको जित निकाल्यो । उसका लागि जेसी लिनगार्ड, ट्रेन्ट अलेक्जेण्डर आर्लनोल्ड र रे विल्सनले १–१ गोल गरे । १ सय २० क्यापसहित आफ्ना अन्तिम खेलमा सहभागी भएका पूर्व कप्तान वायन रुनीले ३३ मिनेट मैदानमा विताएका थिए । बेलायतका लागि वायन रुनी सर्वाधिक ५४ गोल गरेका छन् । 

    अन्य खेलमा जर्मनीले रसियालाई ३–० ले पराजित गर्‍यो । चेक रिपब्लिकले पोल्याण्डलाई १ शुन्यले पाखा लगाउँदा ईरानले ट्रिनिडाड एण्ड टोबागोलाई १ शुन्यले र ईजरेलले ग्वाटेमालालाई ७–० को फराकिलो अन्तरले हरायो । रिपब्लिक अफ आयरल्याण्ड भने नर्दन आयरल्याण्डसँग गोल रहित बराबरीमा रोकियो । 

     

    प्रकाशित:कार्तिक ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्