भुटानी शरणार्थीलाई विश्व खाद्य कार्यक्रमको सहयोग बन्द

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर ४, २०७५

    राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपीले नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई पुर्‍याउँदै सहयोग बन्द गर्ने घोषणा गरेको छ । नेपालमा शरण लिईरहेका भुटानी शरणार्थीलाई २५ वर्षभन्दा अघिदेखि निरन्तर खाद्य तथा आर्थिक सहयोग दिँदै आएको डब्लुएफपीको सहयोग कार्यक्रम बन्द गरिएको नेपालकी राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले बताउनुभयो ।

    डब्लुएफपीले अहिलेसम्म करीब १ लाख २० हजार शरणार्थीका लागि खाद्यान्न र १० अर्ब रुपैयाँ नगद सहयोग गरिसकेको उहाँको भनाई छ ।

    भुटानी शरणार्थीका लागि छुट्याईएको बाँकी रकम अन्य मुलुक नगई नेपालमै बसोबास गरिरहेका ६ हजार ५ सय शरणार्थीहरुलाई समापन प्याकेजका रुपमा आगामी डिसेम्बरमा वितरण गरिने निर्देशक ब्राडफोर्डले बताउनुभयो ।

    डब्लुएफपीको सफल पुर्नस्थापना कार्यक्रम मार्फत नेपालमा रहेका भुटानी शरणार्थीहरु अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत मुलुकमा पुनस्थार्पित भईसकेका छन् । 

    आगामी दिनहरुमा डब्लुएफपी र शरणार्थी सम्बन्धी राष्ट्र संघीय उच्चायुक्तको कार्यालयले बाँकी रहेका भुटानी शरणार्थीका समस्याको वैकल्पिक र दिगो समाधानका लागि नेपाल सरकार र अन्य देशहरुसँगको सहकार्यलाई भने निरन्तरता दिईने जनाएको छ । 

    प्रकाशित:मंसिर ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्