पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

- प्रदीप मेन्याङ्बो, सुनसरी

    मंसिर १, २०७५

    सुनसरीबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शसस्त्र प्रहरीले नेपाल – भारत सीमा क्षेत्र सुनसरीको भाण्टावारीस्थित चारकुनेबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहारस्थित सुपौलका २३ वर्षीय रञ्जितकुमार मुखिया रहेको प्रहरीले जनाएको छ ।

    भारतबाट नेपाल तर्फ आउँदै गरेका मुखियालाई शसस्त्र प्रहरीको टोलीले सुरक्षा जाँच गर्दा उनको साथबाट पेस्तोल फेला परेको हो । प्रहरीले उनको साथबाट बरामद भएको पेस्तोल र प्रयोग गरेको बीआर ३३०६ नम्बरको मोटरसाइकल पनि जफत गरेको छ ।

    उनको साथबाट गोली भने फेला नपरेको शसस्त्र प्रहरीले जनाएको छ । उनी भारतीय अपाराधिक समूहका सदस्य भएको हुन सक्ने प्रहरीको अनुमान छ । हत्या आरोपमा जेल सजायँ भोगेर तीन साता अघिमात्र रिहा भएका मुखिया पेस्तोल सहित किन नेपाल प्रवेश गरे भन्ने विषय भने खुल्न सकेको छैन ।

    सीमामा पछिल्लो समयमा सुनसरीका हरिनगर भूटाहाका खुर्सिद अन्सारीको हतियार धारीले दिउँसै हत्या गरेर भारतीय सीमा कटेपछि नेपालको तर्फबाट प्रहरीले कडाइका साथ सुरक्षाजाँच थालेको छ । 

    प्रकाशित:मंसिर १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्