काठमाडौंबाट १३ जुवाडे पक्राउ

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २, २०७५

    राजधानीको बत्तिसपुतलस्थित होटल मिराज लर्डस इनमा जुवा खेलिरहेका १३ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरुलाई ७ लाख ६० हजार रुपैयाँसहित गएराति पक्राउ गरेको हो ।

    प्रहरीले पक्राउ गरेकाको नाम भने खुलाएको छैन । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले होटल मिराजबाट केही धनाढ्य ब्यापारी समेत पक्राउ परेको बताउनुभयो ।

    उनीहरुविरुद्द थप अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरिने उहाँको भनाई छ ।

    परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरुमाथि जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।  

    प्रकाशित:मंसिर २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्