दाङमा बस दुर्घटना हुँदा १८ घाइते

- दुर्गालाल केसी , दाङ

    मंसिर २, २०७५

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका ३ टिकुलीगढमा आज दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । भालुबाङबाट लमही जाँदै गरेको ना ३ ख ९४७ नम्बरको बस सडकमै पल्टिदा बसमा सवार यात्रु घाइते भएका हुन् ।

    घाइतेमध्ये गम्भीर तीन जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको र अन्यको लमही अस्पतालमा उपचार भईरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

    दुर्घटनामा राप्ती गाउँपालिका ४ मौरीघाटका ४५ वर्षीय रामखिलाउन चौधरी, लमही नगरपालिका २ डोढहीका ८० वर्षीय दिबुलाल चौधरी, राप्ती गाउँपालिका ७ भानपुरका २५ वर्षीया सरिता चौधरी घाइते भएका छन् । 

    यस्तै, २३ वर्षीया निर्मला कोईराला, वडा नं. ७ का डोरबहादुर परियार, वडानं. ५ भुल्केका ४५ वर्षीया हिमा गाहा मगर र मल्लरानी गाउँपालिका ३ चौरपानी प्यूठानका ५७ वर्षीया गोविन्द प्रसाद शर्मा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित:मंसिर २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्