सशस्त्र प्रहरीको प्रवक्तामा सुरजकुमार श्रेष्ठ

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २, २०७५

    अर्ध सैन्य बल सशस्त्र प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक डीआईजी सुरजकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ । यसअघि डीआईजी बाबुराम पाण्डे प्रवक्ताको रुपमा हुनुहुन्थ्यो ।

    संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी श्रेष्ठलाई दिइएको सूचना शाखाका डीएसपी अजय छतकुलीले जानकारी दिनुभयो ।

    नवनियुक्त प्रवक्ता श्रेष्ठलाई ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरीले जनाएको छ ।

     

    प्रकाशित:मंसिर २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्