हस्तकला व्यापार मेलामा करीब ९ करोडको कारोबार

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २, २०७५

    काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हस्तकला व्यापार मेलामा करीब ९ करोड रुपैया बरारको कारोबार भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा भएको १६ आंै हस्तकला ब्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता ८ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

    हस्तकला व्यापार मेलामा गार्मेन्ट, धातुका मूर्ति र काष्ठकलाका सामग्रीहरुको बढी कारोबार भएको महासंघले जनाएको छ । मेलामा ६ वटा पभिलियन र १ सय ७० वटा तथा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेशका गरी अन्तर्राष्ट्रिय व्यापारीको २० वटा प्रर्दशनी कक्ष राखिएको थियो ।

    व्यापार मेलामा धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरु साथै जडीबुटी, अर्थोडक्स चिया आदि प्रर्दशनी तथा बिक्रीका लागि राखिएको थियो ।

    व्यापार मेलामा २० भन्दा बढी जिल्लाका स्थानीय हस्तकला वस्तुहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिएको थियो । ५ दिन सम्म चलेको मेलाको १ लाख ३५ हजार जनाले अवलोकन गरेको महासंघले जनाएको छ । 

    प्रकाशित:मंसिर २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्