पुलिसका मन्डेकाजी र चञ्चलालाई स्वर्ण

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २, २०७५

    नेपाल पुलिसका मन्डेकाजी श्रेष्ठले बागलुङ्गमा जारी प्रथम गाउापालिका अध्यक्ष राष्ट्रिय कराते कपमा स्वर्ण पदक जितेका छन् । ब्यक्तिगत कातामा प्रदेश नं. ५ का दीप राज थापालाई पन्छाउादै श्रेष्ठले स्वर्ण हात पारेका हुन् । एपीएफका अनिल चन्द र प्रदेश २ का दीर्घ बहादुर लामाले सो स्पर्धामा कास्य जिते ।

    मण्डेकाजी श्रेष्ठले पुरुष टीम कातामा पनि स्वर्ण हात पारे । उनले महसुस तामाङ्ग र विनोद गुरुङ्गसंग मिलेर स्वर्ण जितेका हुन् । टीम काताको पुरुषतर्फ दोश्रो स्थानमा प्रदेश नं. १ तथा तेश्रो स्थानमा प्रदेश ७ र ५ रहे ।

    त्यस्तै महिला ब्यक्तिगत कातामा नेपाल प्रहरीकी चञ्चला दनुवार एपीएफकी सरिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण हात पार्न सफल भईन् । बाग्लुङ्गकी शर्मिला श्रेष्ठ र प्रदेश ५ की रश्मि पाण्डेले सो विधामा कास्य जिते । 

    यसैगरी, टिम काताको महिला स्पर्धामा पनि नेपाल पुलिस प्रथम भएको छ । प्रदेश नं. ६ ले रजत जित्दा एपीएफ र प्रदेश ५ ले कास्य हात पार्‍यो । 

    ७ प्रदेश र ३ विभागीय टीम गरी १० टिमको सहभागिता रहेको प्रतियोगिताको कुमुते महिला ४५ केजी तौलमा एपीएफकी जिया कार्कीले बाजी मारिन् ।

    उनले पुलिसकी बुद्धलक्ष्मी तामाङ्गलाई पराजित गर्दै स्वर्ण पाएकी हुन् । प्रदेश ५ की रश्मि पाण्डे र प्रदेश १ की रञ्जना मगरले कास्य जिते ।

    यस्तै पुरुषको ५० केजीमा पुलिका सोनाम लामाले स्वर्ण जिते । प्रदेश १ का मोहन यादवले रजत तथा प्रदेश ६ का सरोज पासवान र आयोजकका अंकित गुरुङ्गले कास्यमा चित्त बुझाए ।

    प्रकाशित:मंसिर २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्