मंसिर ३, २०७५
एटीपी फाईनल्सको उपाधि जर्मन अलेक्जेण्डर भेरभेभले जितेका छन् । करियरको पहिलो महत्वपूर्ण उपाधि उचाल्ने क्रममा उनले शीर्ष बरियताका सर्वियन नोभाक जोकोभिचलाई स्तब्ध पारे ।
सेमिफाइनलमा स्विस रोजर फेडेररलाई सोझो सेटमा पाखा लगाउदै उपाधि यात्रा तय गरेका उनले फाइनलमा अर्को सनसनीपूर्ण जित निकालेका हुन् । लण्डनमा गएराती भएको उपाधि भिडन्तमा २१ वर्षिय भेरभेभले ६–४ र ६–३ को सहज जित निकाल्दै करियरकै सबैभन्दा ठुलो उपाधि उचाले ।
हारपछि ३१ बर्षिय जोकोभिचको सातौ एटीपी फाईनल्स उपाधि जित्ने सपनापनि अर्को सिजन सरेको छ । जोकोभिच, २१ बर्षिय भेरभेभसंग पराजित भएको यो दोस्रो पटक हो । उपाधिसंगै भेरभेभले २ मिलियन पाउण्ड समेत प्राप्त गरे ।
प्रकाशित:मंसिर ३, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्