खसोग्गीको हत्याबारे सार्वजनिक श्रव्य सामग्री सुन्न सक्दिन : ट्रम्प

    मंसिर ३, २०७५

    - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खसोग्गीको हत्याबारे सार्वजनिक रेर्कडेड श्रव्य सामग्री सुन्न अस्वीकार गर्नुभएको छ । अमेरिकी समाचार संस्था ‘फक्स न्यूजसँगको अन्तरवार्ताको क्रममा राष्ट्रपति ट्रम्पले खसोग्गीको हत्यामा दिइएको चरम यातनासम्बन्धी श्रव्य सामग्रीबारे आफूले बिस्तारमा जानकारी लिएसकेको भएपनि सुन्न भने नसक्ने बताएका बताउनुभएको हो । श्रव्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, क्रुर, पीडादायी र भयावह भएकोले ती सामग्री सुन्न आफूले अस्वीकार गरेको ट्रम्पले बताउनुभयो । 

    उहाँले ट्रम्प प्रशासनको तर्फबाट २ दिनभित्र आधारिकारिक रिपोर्ट प्राप्त भएपछि मात्रै आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्ने दाबी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । 

    टर्कीले ती रेर्कडेड श्रव्य सामग्री अमेरिका, बेलायतलगायत पश्चिमी सहयोगी देशहरुलाई उपलब्ध गराएको थियो । खसोग्गीको हत्या गत अक्टोबर २ मा टर्कीको ईस्तानबुलस्थित साउदी कन्सुलेटमा भएको थियो ।

    यसअघि खसोग्गी हत्याबारे गुप्तचर संस्था सीआइएले सार्वजनिक गरेको रिपोर्टलाई अपरिपक्क रहेको बताएका ट्रम्पले दोषी को हो भन्ने बारे छिट्टै  प्रष्ट पार्ने दाबी गर्नुभएको छ ।  कतारको पक्षमा उभिएको आरोप लागेका ट्रम्पले  बिना सबुत प्रमाण कतारलाई दोष थोपर्नु गैरकानूनी भन्दै टिप्पणी गर्दै आउनुभएको छ । 

     

    प्रकाशित:मंसिर ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्