जिप दुर्घटनामा एक वर्षीय बालकको मृत्यु, ७ जना घाइते

- माधव अर्याल, काठमाडौं

    मंसिर ३, २०७५

    - पाल्पाको तानसेन–तम्घास सडक अन्तर्गत रिव्दीकोट गाउँपालिका–३ सिरुखर्कमा आज बिहान भएको जीप दुर्घटनामा एक वर्षीय बालक अंकित दर्जीको मृत्यु भएको छ । बाग्लुङबाट बुटवल हिँडेको लु २ च ५०३५ नम्बरको जीप  दुर्घटनामा परी  अन्य ७ जना घाइते भएका छन् । बाग्लुङको बरेङ–३ का बालक  दर्जीको उपचारका लागि अस्पताल लैँजादै गर्दा मृत्यु भएको हो ।  

    दुर्घटनामा बाग्लुङ बरेङ –३ कै २० वर्षीय कमल दर्जी, ५० वर्षीय सरस्वती दर्जी, ४३ वर्षीय यमबहादुर नेपाली, २४ वर्षीय विष्णु सुनार, ६३ वर्षीय, तुलबहादुर परियार, २१ वर्षीय कमला परियार, ५१ वर्षीय मुक्तबहादुर खत्री घाइते भएका छन् ।

    प्रहरी नायव उपरीक्षक विनोद घिमिरेका अनुसार सबै घाइतेको तानसेन स्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार अधिकांशको हात, मुख, टाउको, छातीमा चोट लागेको छ । जीप अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेको प्रारम्भिक अनुमान भएपनि दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     

    प्रकाशित:मंसिर ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्