सहिद स्मारक लिगमा आज ३ खेल हुँदै

    मंसिर ३, २०७५

    - सहिद स्मारक ए डिभिजन लिगमा आज ३ खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान ११ बजे सुरु पहिलो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा जित निकालेको संकटा लगातार दोस्रो जित निकाल्ने दाउमा रहँदा जावलाखेल पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । 

    आजै हुने दोस्रो खेलमा विभागीय एपीएफ र फ्रेण्डस क्लब आमने सामने हुनेछन् । दोस्रो खेलपनि सोही मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा छन् । पहिलो खेल एपीएफ बराबरीमा रोकिएको थियो भने फ्रेण्ड्स पराजित भएको थियो ।

     काठमाडौंको हल्चोकस्थित एपीएफको मैदानमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब प्रतिस्पर्धामा उत्रनेछन् । साढे २ बजे सुरु हुने खेलमा दुबै टोली पहिलो जितको खोजीमा हुने छन् । हिमालय पहिलो खेलमा बराबरीमा रोकिएको थियो  भने सरस्वती पराजित भएको थियो । 

    यसअघि हिजो भएका खेलमा थ्रीस्टारले बिग्रेड ब्वाईज क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दा मछिन्द्र र नेपाल पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए । 

     

    प्रकाशित:मंसिर ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्