नेदरल्याण्ड्स युईएफए नेसन्स लिगको सेमिफाईनलमा प्रवेश

काठमाडौं

    मंसिर ४, २०७५

    - नेदरल्याण्ड्स युईएफए नेसन्स लिगको सेमिफाईनलमा प्रवेश गरेको छ । पछिल्लो खेलमा गएराती जर्मनीसँग २–२ को बराबरी खेल्दै नेदरल्याण्ड्सले सेमिफाईनलमा स्थान बनाएको हो । समान ७ अंक भएपनि जर्मनी गोलअन्तरमा पछि पर्दै जर्मनी सेमिफाईनल पुग्न असफल भयो ।

    खेलको ८४ मिनेटसम्म २–० को अबस्थामा रहेको जर्मनी अन्तिम ५ मिनेट सम्हालिन नसक्दा बराबरीको नतिजामा चिक्त बुझाउन बाध्य भयो । खेलको नवाँै मिनेटमा टिमो वार्नरको गोलमार्फत अग्रता बनाएको जर्मनीले १९ औ मिनेटमा अर्को गोल थप्दै खेलमा २–० को अग्रता बनाएको थियो । दोस्रो गोल लेरोई सानेले गरे ।

    क्विन्सी प्रोमेशले ८५ औं र भर्गील भान डिजले ९० औ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । ग्रुप ए को शिर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँगै आगामी जुनमा हुने सेमिफाईनलमा ईङ्गल्याण्ड, पोर्चुगल र स्विट्जरल्याण्डस स्थान पक्का गरेका छन् । 

    गएरातीका अन्य खेलमा नर्वेले साइप्रसलाई २–०, जर्जीयाले काजगस्तानलाई २–१, म्यासेडोनियाले जिब्राल्टारलाई ४–० तथा चेक रिपब्लिकले स्लोभाकियालाई १–० ले पराजित गरे । लात्भिया र एण्डोरा , डेनमार्क र आयरल्याण्ड, तथा बुल्गेरिया र स्लोभानियाले  बराबरी खेल्दै अंक बाँडेका छन् । 

     

    प्रकाशित:मंसिर ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्