राजपाले आगामी महाधिवेशन केन्द्रित छलफल गर्ने

काठमाडौं

    मंसिर ४, २०७५

    - आगामी महाधिवेशनका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी राजपाले अध्यक्ष मण्डलको बैठक बोलाएको छ । राजधानीको बबरमहलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनको तयारीका विषयमा छलफल हुने अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले जानकारी दिनुभयो ।

    मधेश केन्द्रित ६ वटा दल मिलेर राजपा गठन भएपछिको पहिलो महाधिवेशन आगामी वर्ष बैशाख ७, ८ र ९ गते गर्ने तय भइसकेको छ । महाधिवेशनको मिति तय भइसकेपनि पार्टीका तल्ला कमिटिसम्म पुर्‍याएको विधानमा भएको प्रावधान र निर्वाचन आयोगमा बुझाएको विधानमा भएको प्रावधान फरक फरक पाइएपछि राजपाभित्र विवाद छ ।

    नेता कार्यकर्तालाई  बाँडिएको  विधानमा महाधिवेशन पछि अध्यक्ष मण्डल स्वत: खारेज हुने उल्लेख छ भने निर्वाचन आयोगमा  बुझाइएको विधानमा अध्यक्ष मण्डलको पदावधी जारी रहने उल्लेख छ । अध्यक्ष मण्डलका ६ जना नेताहरुले पदीय स्वार्थ अनुकुल हुनेगरि महाधिवेशनपछि पनि अध्यक्ष मण्डल कायमै हुने गरी निर्वाचन आयोगमा विधान दर्ता गरेपछि राजपाभित्र असन्तुष्टि चुलिएको हो । यस्तै अध्यक्ष मण्डलको आजको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने यादवले जानकारी दिनुभयो ।  

    प्रकाशित:मंसिर ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्