थिंक ट्याङ्कको बैठक आज

काठमाडौं

    मंसिर ४, २०७५

    - ठूला नीतिगत निर्णय तथा अनुसन्धानमा सरकारलाई सघाउन गठन भएको विज्ञ समुह थिंक ट्याङ्कको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले गरेका पछिल्ला निर्णयसँगै आगामी दिनमा अख्तियारी गर्ने रणनितिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सरकारको काम कारवाही सन्तोषजनक नभएको भन्दै चौतर्फी आलोचना भईरहेका बेला हुन लागेको यो बैठकलाई निक्कै महत्वका साथ हेरिएको छ । विज्ञहरुको सुझाबका आधारमा सरकारको आगामी दिशा तय गर्ने मुख्य उदेश्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले थिंक ट्याङ्कको बैठक बोलाउनु भएको हो ।

    प्राध्यापक डा. चैतन्य मिश्रको संयोजकत्वमा गठित समुहमा डा. मीना आचार्य, प्राध्यापक डा राजेन्द्रध्वज जोशी, प्राध्यापक डा सुरेन्द्र लाल र डा. गणेशमान गुरुङ सदस्य हुनुहुन्छ । 

     

    प्रकाशित:मंसिर ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्