सीएनएनका पत्रकार एकोष्टाको प्रेस पास फिर्ता

  • 'एक पत्रकार, एक प्रश्न' को प्रावधान लागू

मंसिर ४, २०७५

- अमेरिकी राष्ट्रपति भवन ह्वाईट हाउसले सिएनएनका पत्रकार जिम एकोष्टाको प्रेस पास  पुन: उपलब्ध गराएको छ ।  हवाइट हाउसमा पत्रकार सम्मेलनका क्रममा एकोष्टाले प्रश्न सोध्ने क्रममा राष्ट्रपति ट्रम्पसँग विवाद भएपछि ह्वाईट हाउस प्रवेशको प्रेश पास रद्ध गरिएको थियो । अमेरिकी एक अदालतले एकोष्टाको प्रेश पास तत्काल उपलब्ध गराउन आदेश दिएपछि  हवाइट हाउसले प्रेस पास उपलब्ध गराएको बीबीसीले जनाएको छ ।

यसैबीच हवाइट हाउसले पत्रकार सम्मेलनका केही आचारसहिंता समेत जारी गरेको छ । जसअनुसार पत्रकार सम्मेलनमा अब उपरान्त एक पत्रकार एक प्रश्नको प्रावधान लागू  गरिएको छ । सीएनएनले ट्वीट गर्दै आफ्ना वरिष्ठ संवाददाता एकोस्टाको परिचयपत्र पूर्णरुपमा फिर्ता भएको जनाएको छ । 

प्रकाशित:मंसिर ४, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्