सिकागोमा अन्धाधुन्ध गोली प्रहार, बन्दुधारीसहित ४ जनाको मृत्यु

काठमाडौं

    मंसिर ४, २०७५

    - अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार ३ बजे अन्धाधुन्ध गोली चलाउँदा एक चिकित्सक, फार्मेशी सहयोगी,  प्रहरी अधिकृत र बन्दुकधारी स्वयम्को मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । नाम नखुलेका बन्दुकधारीले ३ जनाको हत्यापछि आफैँलाई गोली हानेको सिकागोका मेयर रहम इमानुयलले पुष्टि गर्नुभएको हो । 

    पहिल्लो समय अमेरिकामा बढ्दै गएको गोलीपछि व्यक्तिगत हतियार राख्न पाउने नियममा पुनर्विचार गर्नुपर्नेबारे बहस चुलिएपनि सो विषयमा खासै प्रगति नभएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

     

    प्रकाशित:मंसिर ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्