चिनीको विषयमा आर्थिक अनियमितता भएको शाहको आरोप

काठमाडौं

    मंसिर ४, २०७५

    - सार्वजनिक लेखा समिति सभापति भरत शाहले चिनीको विषयमा ठूलो आर्थिक अनियमितता भएको आरोप लगाउनुभएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकमा सभापति साहले व्यवसायीहरुले चिनीको मूल्य प्रतिकिलो सय रुपैयाँ पुर्‍याउने डिजाइन नै बनाएको उहाँले आरोप लगाउनुभयो । 

    चिनी लगायतका उपभोग्य वस्तुको बजारभाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न बसेको समितिको बैठकमा उहाँले चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ नै हुनु पर्ने निर्णय समितिले यसअघि नै गरिसकेको बताउनुभयो ।

    बजारमा चिनीबारे ठूलो अनियमितता रहेको निष्कर्ष सहितको प्रतिवेदन उपसमितिले समितिलाई बुझाएको थियो । उपसमितिका संयोजक लेखराज भट्टले उपसमितिको प्रतिवेदन कार्यान्वयन गर्न नसके उखु किसानहरु झन मर्कामा पर्ने चिन्ता व्यक्त गर्नुभयो  

    सांसद हृदयेश त्रिपाठीले बजार अहिले पनि अराजक अवस्थामै रहेको भन्दै समितिले चिनीको मूल्य प्रति किलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएपनि मूल्य अझै नघटेको बताउनुभयो ।

    सांसद बिरोध खतिवडाले बन्द उद्योगले समेत विदेशबाट चिनी आयात गरेर नेपाली उत्पादनको नाममा बिक्री गर्दै आएको बताउनुभयो । 

    सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएसँगै तानाशाही अवस्था सिर्जना भएको भन्दै सांसद खतिवडाले उखुको मूल्य, उत्पादन र आयात लगायत विषयमा चिनी मिललाई समेत जिम्मेवार बनाउन मातहतका निकायलाई बोलाएर छलफल गर्नुपर्ने बताउनुभयो । 

     

    प्रकाशित:मंसिर ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्