वाइड बडी विमान खरिदमा अनियमितता : सांसद रिजाल

काठमाडौं

    मंसिर ४, २०७५

    - नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमले वाइड बडी विमान खरिद गदाए आर्थिक अनियमितता भएको आरोप लगाउनुभएको छ । सिंहदरवारमा आज बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसद रिजालले जहाज खरिदमा अनियमितता भएको भन्दै सोको छानबिन गर्न माग गर्नुभयो ।

    चिनी लगायतका उपभोग्य वस्तुको बजारभाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिले पेश गरेको प्रतिवेदन माथि छलफल गर्न बसेको बैठकमा सांसद रिजालले विमान खरिदको विषय छानविन गर्न माग गर्नु भएको हो ।

    निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएर दुईवटा वाइडबडी खरिद गरेको थियो । बैठकमा समिति सभापति भरत शाहले सार्वजनिक लेखा समितिले पहिले नै निगम सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न निर्देशन दिएपनि अटेर गरेको बताउनुभयो । 

    वायु सेवा निगमको वाइड बढी जहाज खरिद सम्बन्धमा भएको भनिएको आर्थिक अनियमितताको विषयमा छलफलका लागि सम्बन्धित निकायका पदाधिकारीलाई बोलाउने समिति सभापति शाहले बताउनुभयो । 

     

    प्रकाशित:मंसिर ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्