स्वतन्त्र र स्वायत्त संस्थामाथी हस्तक्षेप जारी राखे आन्दोलन गर्छौं : देउवा

- देव नारायण शाह, बिराटनगर

    मंसिर ४, २०७५

    - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र र स्वायत्त संस्थामाथी हस्तक्षेप जारी राखे सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

    कांग्रेस राजनीतिक प्रस्ताव मस्यौदा समितीले विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर प्रधानमन्त्री केपी ओलीले सबैलाई तर्साउन खोजेको भन्दै यसको बिरोधमा उत्रिने बताउनुभयो । सरकार देश कब्जा गर्ने बाटोमा अग्रसर रहेको उहाँको आरोप थियो ।

    सभापति देउवाले भन्नुभयो, ‘सरकारले केही समयअघि न्यायालयमा हस्तक्षेप गर्‍यो र अहिले प्रहरी, सेना लगायतका स्वतन्त्र निकायमा हस्तक्षेप गरेर मुलुकमा नाम मात्रको निर्वाचन हुने परिस्थिती निमार्ण गर्दैछ, सरकारको रबैया नसुध्रिए आन्दोलन गरेर कम्युनिष्टबाट मुलुकलाई मुक्त गर्नुपर्ने अबस्था आउँछ ।’

    फरक प्रसङ्गमा सभापति देउवाले घात अन्तरघातका कारण पार्टी पराजित भएको भन्दै अन्तरघातीलाई कारबाही गरेर पार्टीलाई अनुशासनको बाटोमा हिडाउने बताउनभयो । गुट उपगुट समाप्त गरेर अब सबै मिलेर पार्टी एक ढिक्का बनाउनुको विकल्प नभएको उहाँको भनाई थियो ।

     

    प्रकाशित:मंसिर ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्