ललितपुरमा विशेष ट्राफिक व्यवस्थापन

काठमाडौं

    मंसिर २०, २०७५

    - ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा विशेष ट्राफिक व्यवस्थापन गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सुचीकृत स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ ।

    मंगलबजार, र सो आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन भइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।  दरबार क्षेत्र र आसपासमा पार्किङले यस क्षेत्रका सडक अस्तव्यस्त बनेकाले पार्किङ नदिने र सडक एकतर्फी मात्रै सवारी साधन चल्न दिने महानगरपालिकाको योजना छ । सडक व्यवस्थापनको काममा नगर प्रहरी परिचालन गर्न महानगरले ५० नगर प्रहरीसमेत थप गर्दैछ ।

    महानगरपालिकाले शुरु गरेको ‘महानगर ट्राफिक योजना’ अन्तर्गत सम्पदा क्षेत्रको ट्राफिक व्यवस्थापका लागि अध्ययन भइरहेको हो । स्थानीयवासीलगायत सबैले सहयोग गर्दा मात्रै यो योजना कार्यान्वयन गर्न सकिने उहाँले बताउनुभयो । पर्यटकको आगमन बढी हुने मंगलबजार, गावहाल, महापाल, सौगल, सुन्धारालगायत स्थानमा नै सवारी चाप बढी छ । ललितपुरको व्यापारिक केन्द्र पनि भएकाले जनप्रतिनिधि नहुँदा स्थानीय निकायले पटकपटक प्रयास गर्दासमेत एकातर्फी सवारी साधन सञ्चालन कार्यन्वयन हुनसकेको थिएन । 

     

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्