रुस र अमेरिकाबीच अर्को विवाद

काठमाडौं
  • प्रतिबन्ध लगाइएका मिशाईल निर्माण गर्ने रुसको चेतावनी

मंसिर २०, २०७५

- रुसले मिशाईल सम्बन्धी सन्धीबाट अमेरिका बाहिरिए प्रतिबन्ध लगाइएका मिशाईल निर्माण गर्ने चेतावनी दिनुभएको छ । शितयुद्ध पछि सन् १९८७ मा अमेरिका र रुस सहित ईयु मुलुकले छोटा तथा मध्यम दुरी क्षमताका क्षेप्याष्त्र निर्माण बन्द गर्ने सहमती गरेका थिए । रुसले मध्यम दुरी क्षमताको क्षेप्याष्त्र तयारी अवस्थामा राखेको आरोप अमेरिकाले लगाएपछि मस्को क्रुद्ध भएको हो ।

सोही सन्धी विपरित कयौं मुलुकले हतियार निर्माण गरिरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले आरोप लगाए पनि कुनै मुलुकलाई किटान नगरेको बीबीसीले उल्लेख गरेको छ । विश्वको बदलिएको स्थितिमा मध्यम दुरी क्षमताको क्षेप्याष्त्र निर्माणका लागी रुस माथि आरोप लगाएर अमेरिका सन्धीबाट बाहिरिन खोजेको पुटिनले आरोप लगाउनुभएको छ ।

रुसले सन्धी विपरित निर्माण गरेका क्षेप्याष्त्रका कारण युरो एटलान्टिक क्षेत्रमा असुरक्षा बढेको युरोपियन युनियनले आरोप लगाएको छ । मस्कोले भने नेटो , ईयु र अमेरिकाको आरोप झुटो रहेको दाबी गरेको छ । 

 

प्रकाशित:मंसिर २०, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्