सरकारबीच समन्वय नहुँदा सार्वजनिक लेखाप्रणाली अव्यवस्थित

- अमृता अनमोल, रुपन्देही

    मंसिर २०, २०७५

    - संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा योजनामा दोहोरोपना र बेरुजु रमक बढ्दै गएको छ । संघीय सरकारले संचालन गरेका योजना फरफारक नगरी प्रदेश र स्थानीय सरकार मातहतमा पठाउँदा लेखा प्रणाली अस्तव्यस्त बनेको हो । लेखापरिक्षणमा समस्या बढेपछि महालेखापरीक्षकको कार्यालयले प्रदेश ५ मा व्यवस्थापनका विषयमा सरकारका प्रतिनिधिसँग छलफल सुरु गरेको छ ।

    संघीय सरकार मानतहत रहने र प्रदेश सरकार अन्तरगतका कार्यालयका प्रमुख र लेखा प्रमुख तथा स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको सहभागीतामा छलफल थालिएको हो ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले कार्यालय प्रमुख र लेखा प्रमुखले नीति, ऐन र विधिलाई नहेरी आर्थिक कारोबार गर्दा सार्वजनीक लेखा प्रणली अव्यवस्थीत र बेरुजु बढेको बताउनुभयो । लेखा अधिकृतहरुले भने सुत्रमा आधारित लेखाप्रणाली पारदर्शी हुने भएपनि स्रोतका सबै शीर्षक उल्लेख नहँुदा समस्या भएको गुनासो गरेका छन् ।  

     

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्