यमनमा जारी संकट अन्त्यका लागि राष्ट्रसंघको पहल

काठमाडौं

    मंसिर २०, २०७५

    - यमनमा चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसंघको पहलमा स्वीडेनमा वार्ता हुने भएको छ । राजधानी स्टकहोमभन्दा केही टाढा यमनी सरकार र हुथी विद्रोहीबीच वार्ता हुने बीबीसीले उल्लेख गरेको छ । विश्वमै खराब मानव संकट निम्ताएको युद्ध अन्त्यका लागि राष्ट्रसंघको पहलमा अनौपचारिक वार्ता हुने लागेको हो । हजारौँको ज्यान गएको युद्धका कारण यमनका लाखौँ नागरिक भोकमरीको चपेटामा परेका छन् ।

    सन् २०१६ पछि पहिलो पटक वार्ता हुने लागेको हो । गत सेप्टेम्बरमा वार्ता तय भएपनि हुथी विद्रोही समुह जेनेभा नपुगेपछि वार्ता अन्तिम समयमा रद्ध गरिएको थियो । अनौपचारिक वार्ताबाट युद्ध अन्त्यको अपेक्षा नगरिएपछि राजनितिक तवरबाट संकट समाधानको उपाय खोजीने राष्ट्रसंघले उल्लेख गरेको छ । एक साता चल्ने वार्ताका लागी लामो कसरत गरिएको बीबीसीले उदृत गरेको छ ।   

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्