राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरोकारवालासँग छलफल गर्ने

काठमाडौं

    मंसिर २०, २०७५

    - राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाका विषयमा छलफल गर्न सरकोरवाला पक्षलाई बोलाएको छ । सिंहदरबारमा विहान ११ बजे बस्ने बैठकमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ सहित राष्ट्रिय गौरवका ७ वटा आयोजनाका प्रमुखलाई बोलाएको समिति सचिव सुदर्शन कुँइकेलले जानकारी दिनुभयो । सरोकारवाला पक्षसँग ती आयोजना कार्यान्वयनमा भइरहेको प्रगति र चुनौतिका विषयमा छलफल हुने कुँइकेलले  बताउनुभयो ।

    सो समितिले हिजो संघीय संरचनामा देखिएको विवाद र गुनासो सम्बोधनका लागि तहगत समन्वयबारे सरोकारवालासँग छलफल गरेको थियो । यस्तै राष्ट्रिय सभा कै विधायन व्यवस्थापन समितिमा ऐनको वर्गीकरण र कार्यान्वयनका विषयमा छलफल हुँदैछ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा ऐन कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । 

     

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्