राष्ट्रपति भण्डारी स्वदेश फर्कदै

काठमाडौं

    मंसिर २०, २०७५

    जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औँ सम्मेलनमा सहभागी भएर राष्ट्रपति विद्यादेवी भण्डारी आज  स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ बिहान ११ बजे त्रिभुवन विमानस्थल ओर्लनु हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    पोल्याण्डमा रहँदा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तन संरचनासम्बन्धी सम्मेलनमा सम्बोधन गर्नुका साथै पोल्याण्डका राष्ट्रपति आन्द्रेजेज डुडासँग  भेटवार्ता गर्नुभएको थियो ।

    सम्मेलनलाई सम्बोधनका क्रममा उहाँले नेपाल जस्ता न्युन कार्बन उत्सर्जन गर्ने मुलुकले बेहोर्नु परेको जलवायु परिवर्तन र ग्लोबल वर्मिङ असरबारे विश्व समुदायलाई जानकारी गराउनुभएको थियो ।

    आफुहरुले गर्दै नगरेको गल्तीको सजाय भोगिरहेको उल्लेख गर्दै उहाँले प्रविधि र श्रोत सम्पन्न मुलुकहरुको सहयोगको अपेक्षा समेत गर्नुभएको थियो ।

    वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, केही सासंद र राष्ट्रपति कार्यालयका अधिकारी सहित राष्ट्रपति भण्डारी गत शनिबार पोल्याण्ड जानुभएको थियो । 

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्