फ्रेन्ड्स क्लबसँग आर्मीले अंक बाँडे

- रेडियो कान्तिपुर, ललितपुर

    मंसिर २०, २०७५

    पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय त्रिभुवन आर्मीले दोस्रो बराबरी खेलेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एनआईबीएल फ्रेन्ड्स क्लबसँग आर्मीले अंक बाँडेको हो ।

    दुबै टीमले गोलको केही अवसर खेर फालेका थिए । आजको बराबरीपछि दोस्रो स्थानमा उक्लिने आर्मीको सपनामा धक्का लागेको छ ।

    बराबरीपछि आर्मी १४ अंकमा तालिकाको चौंथो स्थानमा छ । फ्रेण्ड्स क्लबको ५ अंक हुँदा ऊ १० औं स्थानमा छ ।  

    दोश्रो खेलमा अहिले ब्रिगेड ब्वाईज र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ जारी रहँदा दुबै टीमबाट गोल भएको छैन ।

    मछिन्द्र क्लब पछिल्लो ५ खेलमा हार र बराबरीको श्रृंखलालाई रोक्दै पहिलो जितको खोजीमा हुँदा ब्रिगेड ब्वाईज दोस्रो जित निकाल्ने दाउमा हुनेछ । यो खेलसँगै लिगका छैटौं चरणका खेलहरु आज समाप्त हुनेछन् । 

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्