ईपीएलको ट्रफी सार्वजनिक

- लक्ष्मी जिसी, काठमाडौं

    मंसिर २०, २०७५

    काठमाडौंमा पर्सिदेखि सुरु हुने टीभीएस एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको ट्रफी सार्वजनिक गरिएको छ । लिगमा सहभागी हुने ६ फ्रेन्चाईज टोलीका कप्तानले संयुक्त रुपमा ईपीएलको ट्रफी सार्वजनिक गरेका हुन् ।

    सबै टोलीका कप्तानले लिगमा राम्रो प्रदर्शन गर्ने बताएका छन् । लिगमा टिमलाई भन्दा प्रदर्शनलाई हेरिने भन्दै उत्कृष्ट प्रदर्शनमा जोड दिने उनीहरुको भनाई थियो ।

    लिग विजेताले पाउने पुरस्कार रकम अझै सार्वजनिक गरिएको छैन । लिगको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स भिड्नेछन् ।

    खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्