सीके राउतलाई कारागारमा राख्न आदेश

- शिव पुरी , रौतहट

    मंसिर २०, २०७५

    झण्डै दुई महिना प्रहरी हिरासतमा रहेका सीके राउतलाई बिहीबार जिल्ला अदालत गौरले पूर्पक्षको लागि कारागारमा राख्ने आदेश गरेको छ । सांगठानिक आपराध गरेको आरोपमा उनलाई कारागारमा राख्ने आदेश गरेको हो ।

    अदालतका न्यायधिश अम्बिकाप्रसाद निरौलाको एकल ईजसालले राउतलाई पूर्पक्षका लागि कारागार राख्ने आदेश गरिएको हो । यस अघि राउतका आफन्तले दिएको बन्दी प्रतक्षिकरणको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

    गएको असोज २१ गते गौर अदालतमा नियमित तारेख लिन आएका राउतलाई जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालको निर्देशनमा पक्राउ गरिएको थियो । त्यस पछि उनीविरुद्ध सांगठनिक आपराधको मुद्दा दर्ता गरिएको हो ।

    यसअघि विभिन्न जिल्लाहरुमा राज्य विरुद्धको आपराधमा उनलाई पक्रेर मुद्दा चलाईए पनि छुटेका थिए । ‘हामीले विभिन्न तह तप्काबाट अनुसन्धान थालेका थियौं, ’एसपी ढकालले भन्नुभयो, ‘राउतका समर्थकहरुले राज्य विरुद्धको काम गरेको देखियो । उनी एक्लै राज्य विरुद्ध यसरी लाग्न सक्दैनन् । त्यसैले सांगठनिक आपराधको मुद्दा चलाएका हौ ।’ 

    राउत पक्राउ परे लगत्तै समर्थकहरुले प्रहरी कार्यालय अगाडि नाराबाजी र धर्ना दिएका थिए । त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही समान्य घाईते भए । ४ वर्षीया छोरी रेवतीलाई साथै लिई उनी अदालतमा तारेख लिन गएका बेला पक्राउ परेका हुन् । बुबा हिरासतमा परे पछि प्रहरीले राति नै उनलाई घर पुर्‍याईएको थियो । 

    राउतले स्वतन्त्र र छुट्टै मधेशको वकालत गर्दै आएका थिए । उनलाई अदालत परिसर लैजाँदा बाहिरको सुरक्षा ब्यवस्था कडा बनाईएको थियो ।

    लामो समय हिरासतमा राखिएका राउतलाई प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत सांगठनिक आपराध विरुद्धको मुद्दामा सजायको माग दाबी सहित अदालतमा पेश गरिएको थियो । 

     

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्