वित्तीय क्षेत्रमा देखिएको समस्या पहिचान गरी सुझाव दिन समिति गठन

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २०, २०७५

    सरकारले पुँजी बजार र समग्र वित्तीय क्षेत्रमा देखिएको समस्या पहिचान गरी सुझाव दिनका लागि राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । दैनिक रुपमा शेयर बजारमा आएको गिरावट र बैंकहरुबीच निक्षेप तान्ने होडबाजीमा ब्याजदर वृद्धिको प्रतिस्पर्धा चलेपछि अर्थमन्त्री युवराज खतिवडाले अध्ययनका लागि समिति गठन गर्नुभएको हो ।

    समितिमा धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङगाना, अर्थ मन्त्रालयलका सहसचिव उत्तर कुमार खत्री, शेयर लगानीकर्ताका प्रतिनिधि रहेका छन् ।

    समितिलाई सुझाव सहितको प्रतिवेदन पेश गर्नका लागि सात दिनको समयसीमा दिइएको समिति सदस्य एवम अर्थ मन्त्रालयलका सहसचिव उत्तर कुमार खत्रीले जानकारी दिनुभयो ।

    वित्तीय क्षेत्रमा देखा परेको तरलता तथा ब्याजदर र शेयर बजारमा देखिएको उचारचढाव, दीर्घकालिन ऋण पत्र परिचालन लगायत समग्र अर्थ व्यवस्थामा देखिएको समस्या पहिचान गरी सुझाव दिन समितिलाई आग्रह गरिएको छ ।

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्