टुंगियो म्यानचेष्टर सिटीको अपराजित यात्रा, लिभरपुलको जारी

एजेन्सी

    मंसिर २३, २०७५

    ईङलीस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीको १५ खेल लामो अपराजित यात्रा टुंगिएको छ । लिभरपुलले भने आफ्नो अपराजित यात्रालाई १६ खेलसम्म पुर्‍याएको छ । पछिल्लो खेलमा चेल्सीले सिटीको अपराजित यात्रालाई पूर्णविराम लगाएको हो ।

    पहिलो हारसँगै सिटी अंक तालिकामा दोस्रो स्थानमा झरेको छ । गएरातीको खेलपछि शीर्ष ५ मित्र रहने टोलीबीचको अंक दुरी खुम्चिएको छ । १६ खेलको समाप्तिमा लिभरपुल ४२ अंकमा शीर्ष स्थानमा उक्लदा सिटी ४१ अंकमा दोस्रोमा झरेको छ । टटनहामको ३६ अंक हुँदा समान ३४ अंक भएका चेल्सी र आर्सनल गोलअन्तरमा क्रमश: चौथो र पांचौमा छन् । फुलहामलाई ४–१ ले हराएको म्यानचेष्टर युनाईटेड पनि २६ अंकमा छैठौं स्थानमा उक्लिएको छ ।   

    जारी लिगमा सिटीलाई पहिलो हार चखाउने क्रममा चेल्सीका एंगेलो कान्टेले ४५ र डेभिड लुईसले ७८ औं मिनेटमा गोल गरे । मात्र ३९ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि चेल्सी जारी लिगमा १० औं जित निकाल्न सफल भयो । 

    सिटीको हारले लिभरपुललाई फाईदा पुग्यो । मोहमद सलाहको ह्याट्रिक मद्दतमा लिभरपुलले वर्नमाउथलाई ४–० ले हरायो । अर्को गोल भने लिभरपुलले उपहार पाएको थियो । 

    तेस्रो स्थान यथावत राख्ने क्रममा टटनहामले लेष्टर सिटीलाई २–० ले पराजित गर्‍यो । उसको जितमा सङ हेङ मिन र डेल अलीले गोल गरे । 

    हर्डसफिल्ड टाउनलाई १–० ले हराएको आर्सनल तालिकाको ५ औं स्थानमा यथावत छ । लुकास टोरेईराले गरेको गोल उसलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । 

    म्यानचेष्टर युनाईटेडले तालिकाको पुछारमा रहेको फुल्हामलाई ४–१ ले पराजित गर्‍यो । 

    अन्य खेलमा वर्नलीले ब्राईटन एण्ड होभ एल्बियन तथा कार्डिफले साउथह्याम्प्टनलाई समान १–० ले स्तब्ध पारे । क्रिष्टल प्यालेस भने वेष्टहामसँग ३–२ ले पराजित हुन पुग्यो । 

     

    प्रकाशित:मंसिर २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्