प्रस्तावित राजदुतहरु सिंहदरवार छिर्दै

काठमाडौं

    मंसिर २३, २०७५

    विभिन्न चार मुलुकका लागि प्रस्तावित राजदुतको संसदीय सुनुवाई आज हुँदैछ । संघीय संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित राजदुतलाई सुनुवाईका लागि साढे ११ बजे बोलाएको हो । प्रस्तावित चारै जनालाई साढे ११ बजे बोलाएको भएपनि पालैपालो सुनुवाई गर्ने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

    सुनुवाई समितिले यसअघि गत शुक्रबार उजुरी कर्तासँग र विभिन्न मुलुकमा राजदुतको जिम्मेवारी सम्हालिसकेका पूर्वराजदुतको अनुभवका विषयमा पनि छलफल गरेको थियो । प्रस्तावित राजदुतविरुद्ध ब्यक्तिगत उजुरी नपरेपनि चयन प्रक्रिया लगायत सैद्धान्तिक पक्षलाई समेटेर एउटा उजुरी परेको थियो । सरकारले राजदूतमा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र यूएईका लागि कृष्णप्रसाद ढकालको नाम सिफारिस गरेको छ ।

    प्रस्तावित राजदुतको संसदीय सुनुवाई सकिएपछि सरकारको सिफारिस व्यक्तिको नाम अनुमोदनका लागि सम्बन्धित मुलुकमा पठाउने छ । उनीहरुको स्वीकृतिपछि सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

     

    प्रकाशित:मंसिर २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्