ललितपुरको पहिलो जित

काठमाडौं

    मंसिर २३, २०७५

    ललितपुर प्याट्रियट्सले टिभिएस एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पहिलो जित निकालेको छ । आफ्नो दोस्रो खेलमा आज चितवन टाईगर्सलाई ११ रनले हराउदै ललितपुरले तालिकामा अंक जोडेको हो । १ सय ४४ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको चितवनले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

    दिपेन्द्रसिंह ऐरीले ४१ र कप्तान पृथु बास्कोटाले २६ रन बनाएपनि टोलीको जितमा पर्याप्त बन्न सकेन् । भुवन सार्कीले ९ बलमा २१ रन बनाउदा जर्ज स्कोट १८ रनमा नटआउट रहे । १६ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै क्याप्टेन बांस्कोटा र ऐरीले ४४ रनको साझेदारी गरे । 

    चितवनलाई कम स्कोरमा रोक्न सन्दिप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए । 

    यसअघि कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रनको मध्यम योगफल तयार पारेको थियो । सोनु तामाङले ३५ र सन्दिप झोराले अबिजित २५ रन बनाएपछि ललितपुर मध्यम योगफल बनाउन सफल बन्यो । गौरब तोमारले ३० र जयकिशन कोल्सावालाले २० रन जोडे । 

    चितवनका जर्ज स्कटले २ तथा ललित भण्डारी, कमलसिंह ऐरी र पउल स्टर्लिङले समान एक एक विकेट हात पारे । 

     

    प्रकाशित:मंसिर २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्