थ्री स्टार ए डिभिजन लिगको दोस्रो स्थानमा

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २३, २०७५

    ललितपुर डर्बीमा जावलाखेल युथ क्लबलाई २–० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब पल्सर शहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । अर्को डर्बीमा एनआइबीएल फ्रेण्डसलाई हराउँदै च्यासल युथले दोस्रो जित दर्ता गरेको दिन सशस्त्र प्रहरीको एपीएफ क्लबले सरस्वती युथ क्लबलाई ३–० ले हरायो । 

    ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा थ्री स्टारले पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफमा २ गोल गरेका रजिन धिमाल म्यान अफ दी म्याच भए ।

    उनी व्यक्तिगत ६ गोलमा लिगको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।

    जितसँगै थ्री स्टारले तालिकामा १८ अंक पुर्‍याएको छ । एक खेल कम खेलेको मनाङ शीर्ष स्थानमा हुँदा समान १८ अंक भएपनि सङ्कटा क्लब तेस्रो स्थानमा छ ।

    यसअघि आजै भएको पहिलो खेलमा सशस्त्रले सरस्वती युथ क्लबलाई ३–० ले हरायो । रुपबहादुर लामाले खेलको दुबै हाफमा १–१ गोल गरे । थप गोल युवराज खड्काको नाममा रह्यो । सशस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा आजै भएको अर्को ललितपुर डर्बीमा च्यासलले फ्रेण्ड्स क्लबलाई ३–१ ले मात खुवायो ।

    पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा च्यासलले आक्रामक प्रस्तुति दिएको थियो । च्यासलाई ३ अंक दिलाउन शान्तबहादुर गुरुङले २ तथा देवेन्द्र तामाङले १ गोल गरे । फ्रेण्ड्सका विकास लामाले गोल फर्काए । 

    लिगको सातौं चरणको अन्तिम खेलमा भोलि त्रिभुवन आर्मी र ब्रिगेड ब्वाइज तथा सिग्नेचर मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

    प्रकाशित:मंसिर २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्