फ्रान्स : मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शनका कारण अर्थतन्त्र धरासायी बन्दै

  • राष्ट्रपतिले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

मंसिर २४, २०७५

- फ्रान्सका अर्थमन्त्री ब्रुनो माइरेले इन्धन मूल्य वृद्धिको विरोधमा फ्रान्समा चर्किएको प्रदर्शनका कारण अर्थतन्त्रलाई धरासायी बनाएको बताउनुभएको छ । प्रदर्शनका कारण फ्रान्सेली समाज र लोकतन्त्रका लागि नै संकट सिर्जना भन्दै उहाँले सबैभन्दा बढी असर अर्थतन्त्रमा परेको बताउनुभएको हो । चार सातादेखि चर्केको आन्दोलनले फ्रान्समा निकै ठूलो क्षति भएको छ ।

इन्धनको मूल्यबृद्धिका कारण महंगी बढ्नुका साथै कयौं उद्योगधन्दा लगायतका कारोबार समेत प्रभावित भएको उहाँले बताउनुभएको छ । प्रत्येक दिन लाखौंको नोक्सानी व्यहोर्न परेको र त्यही क्रम रहीरहे अर्थ संकट चुलिने अर्थमन्त्री माइरेले बताउनुभएको छ ।  यसैबीच फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएपछि राष्ट्रपति इम्यानुएल माक्रोले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

  प्रदर्शनले उग्र रुप लिएपछि राष्ट्रपति माक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै वर्तमान संकट समाधानको प्रस्ताव घोषणा गर्ने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ । शुरुमा इन्धनको मूल्यवृद्धि समायोजनको माग गरेको भए पनि अहिले राष्ट्रपतिको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीहरुले पेन्सन, शिक्षा, आप्रावासन कटौती, कृषिक्षेत्रमा सुधारको मागसमेत गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच  भएको झडपका क्रममा कयौं घाइते भएका छन् भने  एक हजार २ सय लाई हिरासतमा लिइएको छ ।

प्रकाशित:मंसिर २४, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्