मौजुदा कानून कार्यान्वयनका विषयमा समितिले छलफल गर्ने

काठमाडौं

    मंसिर २४, २०७५

    - प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले मौजुदा कानूनमाथि बहस चलाउने भएको छ । सिंहदरबारमा विहान ११ बजे बस्ने बैठकमा कानून कार्यान्वयनका विषयमा छलफल गर्न कानून मन्त्रालयका पदाधिकारीलाई बोलाएको समितिले जनाएको छ । विशेषगरी संविधानसँग बाझिएका कानून संसोधन गर्न सरकारले गरिरहेको पहलका विषयमा छलफल हुने समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

    लामो समयपछि बस्ने लागेको सो समितिको बैठकले आजै आन्तरिक कार्यविधी पनि बनाउने पोखरेलले बताउनुभयो । आन्तरिक कार्यविधी बनाएर राष्ट्रिय मानव अधिकार आयोग, कानून आयोग लगायत कानून, न्याय र मानव अधिकारको क्षेत्रमा सरोकार राख्ने निकायका पदाधिकारीलाई बोलाएर छलफल गर्ने समितिले जनाएको छ । 

    यस्तै आन्तरिक कार्यविधीका विषयमा छलफल गर्न राष्ट्रिय सभाको दिगो विकास समितिको बैठक पनि विहान ११ बजेका लागि बोलाइएको छ । 

     

    प्रकाशित:मंसिर २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्